सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो

Aug 16, 2023 12:45 PM Merolagani



साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर भएको बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.२७ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि १४.९५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ४० करोड ७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ९१ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब २८ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १८ करोड ४५ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा, प्रति शेयर नेटवर्थ २२८ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २५.४८ गुणा बढी रहेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।