६० किलो सुन तस्करी प्रकरणमा संलग्न चार चिनियाँ नागरिक पक्राउ परे

Aug 16, 2023 05:18 PM Merolagani



त्रिभुवन विमानस्थलकाे भन्सार छलेर सिनामंगलबाट बरामद भएकाे ६० किलो सुन तस्करी प्रकरणमा संलग्न चार चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक पुरुष र ३ महिलाहरूलाई मंगलबार नियन्त्रणमा लिएकाे हाे ।

काठमाडाैंका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काईलाई नियन्त्रणमा लिइएकाे हाे ।

सुन तस्करी प्रकरणमा संलग्न भएकाे पाइएपछि राजश्व छलि तथा संगठित अपराधको कसुरमा उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको थियाे।

राजश्व अनुसन्धान विभागले साउन ३ गते १५५ किलो सुनसहितको ब्रेक शु बरामद गरेको थियो । मंगलबार भने गालेर जोख्दा सुन ६० किलो मात्र पाइएकाे थियाे ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।