जुन महिनामा मात्रै चीनमा १६ देखि २४ वर्ष उमेर समूहका २१.३ प्रतिशत युवा बेरोजगार भएका छन् । यो संख्या हरेक महिना रेकर्ड स्तरमा पुगिरहेको छ।
नकारात्मक प्रभाव
भर्खरै मनोविज्ञानमा स्नातक पूरा गरेकी झाङले आफ्नो रोजेको क्षेत्रमा राेजगारी पाउन हजारौं सीभी पठाएकी छिन् तर कुनै फाइदा भएन। २३ वर्षीय झाङले धेरै महिना जागिर खोजे तर सफल भएनन्। यसले उनमा नराम्रो असर पारेको थियो ।
झाङले यस साताको अन्त्यमा बेइजिङमा आयोजित भर्ना मेलामा पत्रकारहरूसँगकाे कुराकानीमा आफ्नो पढाइ पूरा गरेपछि पनि जागिर पाउन नसकेको बताए। यसले मस्तिस्कमा उनीहरूकाे निकै नराम्रो असर पारेको उनको भनाइ छ । उनले भने, "मैले जति सीभी पठाए पनि एउटै जवाफ आउँछ ।"
शनिबार भर्ना मेला सम्पन्न
यो कथा एक वा दुई युवाहरूको मात्र नभएर सबै चिनियाँ युवाहरूकाे हाे। यस्ता धेरै पीडा धेरै युवाहरुकाे रहेकाे छ । शनिबार बेइजिङमा आयोजना गरिएको भर्ना मेलामा सहभागीहरूले चुनौतीपूर्ण अवस्थाहरूका बारेमा बताएका थिए।
पारिश्रमिक पनि पाएनन्
मिडियामा अनुभव भएका २१ वर्षीय बेरोजगार याङ याओले आफूले जागिर नपाउँदा हरेक रात चिन्तित हुने गरेको बताए । जागिर नपाए भने कसरी जिविका चलाउने भन्ने साेंचमा डुब्ने गरेका छन्। याओका अनुसार उनी यहीँ चिन्ताका कारण राती निदाउन सक्दैनन्। कतै विकल्प नै पाए पनि चीनमा अहिले तलब निकै कम दिने गरिन्छ।
मन्दीको अवस्था कस्ताे ?
देशमा कोभिड पछिको मन्दीलाई औंल्याउँदै चीनले पछिल्ला महिनाहरूमा धेरै सूचकहरू जारी गरेको छ । उपभोक्ताको माग कम भएकाले कम्पनीले कर्मचारीलाई काममा नराखेको बताएको छ ।
एजेन्सी ।