सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Aug 26, 2023 06:49 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेको छ। गत साता २०३३.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९४ प्रतिशत अर्थात १९.२० अंक घटेर २०१३.९३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको छ भने ३ कारोबार दिन नेप्से घटेको छ। यस साताको मंगलबार र बुधबार नेप्से परिसूचक बढेको थियो भने बाँकी कारोबार दिन नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.४७ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.९० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३०.८८ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर संख्या २०.४१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३५.७२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २८ अर्ब रुपैयाँ अर्थात ०.९२ प्रतिशत घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत घटेको छ। गत साता ५७२५.६८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ११८.३० अंक घटेर ५६०७.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२७ प्रतिशत घटेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। गत साता १११७५.११ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १३५.२० अंक घटेर ११०३९.९१ विन्दुमा झरेको छ।


यस साता दुई कम्पनीको १४ लाख ४६ हजार ६७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने १० प्रतिशतभन्दा कम रहेको छ। यस साता सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ११.६७ प्रतिशत घटेको छ भने अन्यको गिरावट दर १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छन्। त्यसैगरी, यस साता एनआईबिएल समृद्धि फण्ड २, नेपाल बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।