ङादी ग्रुप पावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति

Aug 27, 2023 10:58 AM Merolagani



विद्युत नियमन आयोगले ङादी ग्रुप पावर (NGPL) लाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको छ। आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो ।

ङादीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ। यसै चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न अनुमती पाएको हो ।

कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ। हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।