ङादी ग्रुप पावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति

Aug 27, 2023 10:58 AM Merolagani



विद्युत नियमन आयोगले ङादी ग्रुप पावर (NGPL) लाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको छ। आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो ।

ङादीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ। यसै चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न अनुमती पाएको हो ।

कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ। हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।