सिनर्जी पावरको हकप्रदमा आवेदन दिने म्याद थप

Sep 10, 2023 07:17 AM Merolagani



सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) ले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको हकप्रद शेयरमा लागि अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो।

यस अनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीले बागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबर्द्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।