शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव पारित गर्न बलेफी हाइड्रोपावरले डाक्यो साधारण सभा

Sep 11, 2023 11:01 AM Merolagani



बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते, आम्रपालि ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा सभा बोलाएको हो।

कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको पूँजी वृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, कर्जा सीमा वृद्धि स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको पुर्नगठन तथा सर्वसाधारण र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने सम्बन्धि प्रस्ताव पनि परित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।