Thu, Jan 15, 2026
भदौ २६ गते, मंगलबार, चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ। कम्पनीले सम्पूर्ण सि–आस्बा सदस्यहरुले बाँडफाँटमा शेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा रकमान्तरण गर्न तथा बाँडफाँटमा नपरेको शेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गर्न अनुरोध गरेको छ।
कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।
कम्पनीले सम्पूर्ण सि–आस्बा सदस्यहरुले बाँडफाँटमा शेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा रकमान्तरण गर्न तथा बाँडफाँटमा नपरेको शेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गर्न अनुरोध गरेको छ।
बाबुकृष्ण महर्जन
पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।