चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

Sep 13, 2023 08:27 AM Merolagani



भदौ २६ गते, मंगलबार, चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।

कम्पनीले सम्पूर्ण सि–आस्बा सदस्यहरुले बाँडफाँटमा शेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा रकमान्तरण गर्न तथा बाँडफाँटमा नपरेको शेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गर्न अनुरोध गरेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।