सातामा करिब ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Sep 16, 2023 06:06 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ। गत साता १९३२.४५ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.८६ प्रतिशत अर्थात ७४.६१ अंक बढेर २००७.०६ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.१० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.२१ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.३३ प्रतिशत बढेको छ। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३१.९० प्रतिशत बढको छ भने दैनिक औषत कारोबार संख्या ४.९४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३.८६ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब रुपैयाँ बढेर ३० खर्ब ४ अर्ब पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.६५ प्रतिशत बढेको छ। गत साता २९०१.२९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १९३.०५ अंक बढेर ३०९४.३४ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७६ प्रतिशत बढेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। अघिल्लो साता १० हजार २३८.३१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ५०७.२४ अंक बढेर ११ हजार २५.६१ विन्दुमा बन्द भएको छ।

यस साता नेप्सेमा ४ करोड ४० हजार २४५ कित्ता शेयर र ८ करोड इकाई सूचीकृत भएको छ। यस साता नेपाल फाइनान्सको लिलाम शेयर नेप्सेमा सूचीकृत भएको हो भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो। त्यस्तै, यस साता लक्ष्मी भ्यालु फण्ड २ को इकाई नेप्सेमा सूचीकृत भएको हो।

यस साता शुभम पावरको शेयरमूल्य सर्वाधिक २९.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य २९.६४ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १८ प्रतिशतभन्दा बढी बढेको छ। यस साता शेयरमूल्य घटेका कम्पनीहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मिर्मिरे लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सानिमा माइ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।