राप्ती हाइड्रो र दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Sep 17, 2023 10:28 AM Merolagani



राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) र दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन्।

यी दुबै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन्। यस अनुसार राप्ती हाइड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ भने दोर्दी खोला (DORDI) ले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्।

राप्ती हाइड्रोको भदौ २९ गते र दोर्दी खोलाको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेका हुन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।