राप्ती हाइड्रो र दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Sep 17, 2023 10:28 AM Merolagani



राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) र दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन्।

यी दुबै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन्। यस अनुसार राप्ती हाइड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ भने दोर्दी खोला (DORDI) ले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्।

राप्ती हाइड्रोको भदौ २९ गते र दोर्दी खोलाको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेका हुन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।