तीजको दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Sep 18, 2023 11:04 AM Merolagani



हरितालिका तीजको दिन सोमबार सुनको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेका छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।