तीजको दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

Sep 18, 2023 11:04 AM Merolagani



हरितालिका तीजको दिन सोमबार सुनको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेका छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।