इसेवा मनी ट्रान्सफरको अभियानः डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउने मध्ये एक जनालाई काठमाडौंमा घर

Sep 18, 2023 12:07 PM Merolagani



विभिन्न देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ।

अभियान अन्तर्गत डिजिटल माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेमध्ये एक जनाले काठमाडौंमा घर पाउने छन्।

स्क्वायर होटल, पुल्चोकमा सम्पन्न पत्रकार सम्मेलनमार्फत कम्पनीले पहिलेझैं यसपाली पनि 'काठमाडौंमा घर' योजना सार्वजनिक गरेको हो।

यस अभियान निम्ति इसेवा मनी ट्रान्सफर र इसेवाबीच सम्झौता भएको छ। यो योजना यही असोज १ गतेबाट सुरू भएर २०८१ असार ३१ गतेसम्म चल्ने बताइएको छ।

कम्पनीका अनुसार परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ दस महिने यो योजना सार्वजनिक गरिएको हो।

अभियान अन्तर्गत संसारका जुनै मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने छन्। अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनाले काठमाडौंमा घर पाउने छन्।

'यो योजना वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो,' डिजिटल वालेट इसेवाको माउ कम्पनी एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, 'विदेशमा काम गर्ने हरके नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो। त्यसैले यस अभियानको माध्यमबाट हामीले कम्तीमा एक व्यक्तिको सपना पूरा गर्न सक्नेछौं।'

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले आर्थिक विकासमा इसेवा मनी ट्रान्सफरको महत्वपूर्ण योगदान रहेको बताए।

'यस योजना अन्तर्गत विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल पर्यावरणमा सक्रिय रूपमा सहभागी हुन र रेमिट्यान्स वैधानिक माध्यमबाट पठाइ आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्छु,' उनले भने।

त्यस्तै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र इसेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए।

'यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिटेन्स सेवाको गुणस्तर र विश्वसनीयता उकास्नेछ भन्ने हाम्रो विश्वास छ,' उनले भने।

यो अभियानमा विदेशमा रहेका नेपालीहरू सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्‍याउने विश्वास रहेको इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले बताए।

'विदेशबाट नेपालमा पैसा पठाएर आर्थिक योगदान पुर्‍याउनु हुने सहयोगी हातहरूमध्ये केहीलाई यो दस महिने अभियानमार्फत हामी विशेष रूपमा सम्मान गर्नेछौं,' उनले भने।

इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई र इसेवाका ब्रान्ड एम्बेसडर विपीन कार्कीले डिजिटल रेमिटेन्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियान प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।