हाथवे इन्भेष्टमेन्टको आईपीओ भाेलि बाँडफाँट हुने

Sep 18, 2023 12:55 PM Merolagani



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ असाेज २ गते, मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीकाे आईपीओ बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बाँडफाँट हुने भएको हो ।

कम्पनीले गत भदौ २१ देखि २५ गतेसम्म सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिँदा न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।