ग्राहक आकर्षित गर्न सवारी विक्रेता कम्पनीबीच अफरको लडाई, अटो शो पछि व्यवसायी उत्साहित

Sep 18, 2023 03:06 PM Merolagani

हालै सम्पन्न नाडा अटो शोमा सवारी बिक्रेता कम्पनीहरुले ग्राहकबाट राम्रो रेस्पोन्स पाएपछि अटो व्यवसायी उत्साहित बनेका छन् । बिशेषगरी चारपाँग्रे कारको बुकिङ राम्रो भएपछि गाडी बिक्रेता कम्पनीहरु चाडपर्वमा आधारीत विभिन्न छुट सहितका अफरमा प्रतिस्पर्धा गर्न थालेका छन् ।

अटो शोमा करिब ७० प्रतिशत विद्युतीय गाडी बुकिङ भएका थिए । सवारी कुम्भ मेलाले अटो बजार चलायमान हुने संकेत गरेपछि हरेक कम्पनीले ग्राहक आकर्षित गर्ने स्किम ल्याएका छन् ।

दशैं तिहार लगायतका महान पर्व आउन एक महिना नै बाँकी हुँदा अटो कम्पनीहरुबीच अफर लडाई गरिरहेका छन् । कतिपय कम्पनीहरुले नाडा अटो शो र दशैं अफर एकै चोटी सार्वजनिक गरेका छन् ।

पछिल्लो समय गाडी खरिद गर्न बैंकहरुले पनि सस्तो व्याजदरमा कर्जा उपलब्ध गराएका छन् । जसको कारण पनि व्यवसायी उत्साहित छन् । आर्थिक मन्दीबीच सम्पन्न भएको अटोशोमा ग्राहकले विद्युतीय गाडीमा अत्याधिक चासो देखाएपछि इभि बिक्रेता कम्पनीलाई भ्याइ नभ्याई छ ।

हुन्डाई

लक्षित ‘फेष्टिभ डिलाईट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले ६ लाख रुपैयाँसम्म मोडल अनुसार नगद छुट पाउने छन् ।

यस योजनामा गाडी किन्ने ग्राहक मध्येबाट एक जना भाग्यमानी ग्राहकले हुन्डाईको एसयूभी जित्न सक्ने कम्पनीले जनाएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा नगद छुटको अलावा स्क्राच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्ने छन् ।

त्यसैगरी एक वर्षको लागि निःशुल्क सवारी वीमा, सवारी कर पनि ग्राहकले पाउने छन् । हुन्डाईका सबै गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेको छ । यो योजना मंसिर ३ गतेसम्म लागु हुने कम्पनीको भनाइ छ ।

निसान

निशान नेपालले म्याग्नाइटको अटोमेटिक भेरियन्ट बुकिङमा विशेष छुट दिएको छ। चार्डपर्वबीचमा निशानका गाडी खरिद गरे १३ लाख ७५ हजार रुपैयाँसम्म फाइदा लिनसक्ने जनाएको छ। कम्पनीले नगद छुट ८ लाखसम्म, १ वर्षको निशुल्क इन्स्योरेन्स र १ वर्षको सडक दस्तुर निःशुल्क गरेको छ।

सुजुकी

सीजी मोटोकर्पले पर्वोत्सव अफर ल्याएको छ। कम्पनीले सुजुकीका गाडीको खरिदमा १ लाख रुपैयाँसम्म छुट र पुरानासँग सुजुकीको नयाँ गाडी खरिद गर्दा १ लाख बोनस र १ वर्षको निःशुल्क इन्स्योरेन्स हुने कम्पनीले जनाएको छ। सुजुकीकाे पछिल्लो पटक जिम्नी, फ्रोनेक्स, ग्रान्ड भिटरा गाडी लोकप्रिय छन् ।

एमजी

एमजीले फेस्टिभ भाइभ्स अफर ल्याएको छ। प्यारामाउन्ट मोटर्सले २ लाख रुपैयाँसम्म फाइदा हुने उल्लेख गरेको छ। एमजीका जेटएसको खरिदमा निःशुल्क स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर र १ वर्षको सडक दस्तुर रहेको छ।

ग्रेटवाल मोटस

ग्रेटवाल मोटर्सले दसैं र तिहारसम्मलाई ७ लाख रुपैयाँसम्म जित्ने अफर सार्वजनिक गरेको छ। विद्युतीय गाडी ओरा ३ किन्दा ७ किलोवाटको चार्जर निःशुल्क दिने जनाएको छ। गाडी खरिदमा आकर्षक नगद छुट, एक्स्चेञ्ज बोनस र १ वर्षको इन्स्योरेन्स रहने ग्रेटवाल मोटर्सले उल्लेख गरेको छ।

सिट्रोन

सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले दशैं तिहारलाई लक्षित गरी फेस्टिभल अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत सिट्रोन सीथ्री र इलेक्ट्रिक कार ई–सीथ्री कार खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पाउने छन् । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।

टीभीएस

जगदम्बा मोर्टसको आधिकारिक बिक्रेता रहेको टीभीएसले हरेक मोडलमा उमंग नारासहित विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीले टीभीएस नेपालको वेबसाइटमा गएर १ लाख जित्ने अफर पनि ल्याएको छ । यो अफरमा सवारी खरिद नगरे पनि जित्न सकिन्छ।

उता सवारी खरिद गर्दा ५ लाखसम्म जित्ने मौका छ। लक्की ड्रमार्फत हरेक महिना सत प्रतिशत क्यास ब्याक पनि दिइएको छ। टीभीएसका मोटरसाइकल र स्कुटर खरिदमा १० लाखसम्मको बम्पर उपहार राखिएको छ।

पुरानो दुईपांग्रे ल्याएर नयाँ लैजानेका लागि १० हजार बढी भ्यालुएड गरिन्छ। शून्य प्रतिशत ब्याजदरमा २५ प्रतिशत डाउनपेमेन्ट अफर छ।

होन्डा

होन्डाले ४ हजार रुपैयाँको क्यास कुपन र १३ हजार रुपैयाँ पर्ने हेल्मेट उपहार दिने कम्पनीले जनाएको छ। होन्डाले अल न्यु होन्डा डियो १२५ र होन्डा डियो बीएस६ बुकिङ गरिरहेको छ। डियोको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ।

बजाज

बजाज नेपालले २५ गुणसम्म पक्का नगद उपहार पाउने अफर ल्याएको छ। ग्राहकले कम्तीमा १० हजार पक्का नगद छुट पाउने बजाजको अफरमा उल्लेख छ। मंसिर २४ गतेसमम अफर लागु हुने कम्पनीले जनाएको छ।

यामाहा

यामाहाले ‘फेस्टिभ सेलिब्रेसन’ को अफर सार्वजनिक गर्दै राइडिङ ज्याकेट दैनिक उपलब्ध गराउने जनाएको छ। त्यस्तै, एक महिनाका लागि जापान ट्राभल प्याकेज पनि यसमा राखिएको छ। एमएडब्लु इन्टरप्राइजेजले ८ हजारदेखि १ लाख रुपैयाँसम्म पाउने सम्भावना रहेको जनाएको छ। स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँ छ। जसमा फाइनान्स सुविधा पनि दिइएको छ।

यी बाहेक अन्य कम्पनीले पनि विभिन्न अफर सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । जसमा बिवाईडी, टाटा, सेरेस लगायतका विद्युतीय सवारी ब्रान्डले पनि अफर ल्याउने क्रममा छन् ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।