सामान्य अंक बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

Sep 18, 2023 03:14 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४२ अंक घटेर बन्द भएको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको हो।

सोमबार नेप्से परिसूचक ४.२६ अंक बढेर १९६९.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०४ अंक र फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७१ स्टकको ४२ हजार २४ पटकको कारोबारमा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन इमर्जिङ्ग नेपाल लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपालका शेयरमूल्य ९५ रुपैयाँ ८० पैसा बढेको छ भने थ्रीस्टारको ३३ रुपैयाँ ७० पैसा बढेको छ। यस दिन भुगोल इनर्जीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९८ रुपैयाँ ५० पैसा घटेर ८८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। जसमध्ये जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ०.४० प्रतिशत घटेको छ।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।