मुद्दती निक्षेप राख्दा विकास बैंकमा भन्दा वाणिज्य बैंकमा धेरै ब्याजदर, 'विकास बैंककाे निक्षेप खोसिने डर बढ्याे'

Sep 18, 2023 06:05 PM Merolagani

मुद्दती निक्षेप राख्दा निक्षेपकर्ताले विकास बैंकमा भन्दा वाणिज्य बैंकमा बढी ब्याजदर पाउने भएका छन्। केहि बैंकले असोजमा ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याएपछि विकास बैंकमा भन्दा वाणिज्य बैंकको ब्याजदर महँगो भएको हाे।

अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याजदर तोकेका छन्। तर वाणिज्य बैंकहरुले त्यो भन्दा धेरै ब्याजदर दिनेगरी सूचना जारी गरेका छन्।

प्राइम कमर्शियल बैंकले मुद्दती निक्षेपको ब्याजदर ११.३५ प्रतिशत कायम गरेको छ। यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा महँगो ब्याजदर हो।

अधिकाँश विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिनेगरी सूचना प्रकाशित गरेका छन्। तर पाँच वाणिज्य बैंकले विकास बैंकको भन्दा पनि धेरै ब्याजदर दिनेगरी सूचना निकालेका छन्।

विकास बैंकहरुले अहिले पनि ब्याजदर निर्धारणमा भद्र सहमतिलाई निरन्तरता दिँदै आएका छन्। यसले गर्दा विकास बैंकहरुले ब्याजदर बढाएका छैनन्।

तर वाणिज्य बैंकहरुमा भने अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ। पर्याप्त लगानीयोग्य रकम हुँदाहुँदै पनि बैंकहरुले ब्याजदर बढाएर ११ प्रतिशत माथि पुर्याएका छन्। प्राइम कमर्शियल बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र एनआइसी एशिया बैंकले विकास बैंकले भन्दा धेरै ब्याजदर दिनेगरी सूचना निकालेका छन्।

यसरी विकास बैंकको भन्दा पनि धेरै ब्याजदर दिने भएपछि विकास बैंकहरुलाई समेत निक्षेप खोसिने डर बढेको छ। विकास बैंकहरुमा पनि नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट विकास बैंकले ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी ब्याजदर सार्वजनिक गरेका छन्।

निक्षेपको ब्याजदर बढी हुँदा बैंकहरुको लागत पनि बढी हुन्छ त्यसले आधार दर बढाउँछ। आधार दर बढी हुँदा बैंकहरुको कर्जाको ब्याजदर पनि बढी हुने गर्छ। यसले गर्दा अहिले निक्षेपमा ब्याजदर बढाउने बैंकहरुमा कर्जाको ब्याजदर समेत तुलनात्मक रुपमा महँगो हुने देखिन्छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।