एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा, बुकक्लोज कहिले?

Sep 19, 2023 10:35 AM Merolagani



एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) तथा एनएमबि फिफ्टी (NMB50) योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

असोज १ गते बसेको यी योजनाहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनार्थ यी योजनाहरुले असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएका छन्। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।