मिड सोलु हाइड्रोपावरको आईपीओमा २४‍ गुणाभन्दा बढीकाे आवेदन, झण्डै १३ लाख आवेदककाे हात खाली हुने

Sep 19, 2023 05:41 PM Merolagani



मिड सोलु हाइड्रोपावर लिमिटेड(MIDSOLU)ले निष्काशन गरेको आईपीओमा १२ लाख ९२ हजार भन्दा धेरैकाे हात खाली हुने भएकाे छ । अन्तिम दिनसम्ममा हाइड्रोपावरकाे आईपीओमा १३ लाख बढी आवेदकले निवेदन दिएका छन् ।

सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेर ७ मिनेटसम्म १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले एक कराेड ५१ लाख २२ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट कम्पनीले एक अर्ब ५१ कराेड २२ लाख २५ हजार रूपैयाँ संकलन गरेकाे छ ।

कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो । अन्तिम दिनसम्मको तथ्यांक अनुसार यो माग भन्दा २४.३४ गुणा बढी हो ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।