कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल वितरण

Sep 21, 2023 06:32 AM Merolagani



कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ।

यी दुई योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेका हुन्।

कुमारी धनवृद्धि योजना (KDBY) ले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो भने कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो।

यी दुबै फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गरेका थिए। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।