कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल वितरण

Sep 21, 2023 06:32 AM Merolagani



कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ।

यी दुई योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गरेका हुन्।

कुमारी धनवृद्धि योजना (KDBY) ले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो भने कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो।

यी दुबै फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गरेका थिए। यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।