ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकलाई बोर्डको अनुमति

Sep 21, 2023 08:34 AM Merolagani



नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) लाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।