ब्रोकर नं ४६ 'कालिका सेक्युरिटिज'को बुटवल शाखा संचालनमा

Sep 21, 2023 08:40 PM Merolagani



कालिका सेक्युरिटिज प्रा. लि. (शेयर ब्रोकर नं.४६) ले आजबाट बिधिवत रुपमा आफ्नो शाखा कार्यलय बुटवलबाट कारोबार सुरु गरेको छ।

आफ्नो कम्पनीको ब्यवसाय प्रवर्धन गर्नका लागि देशका बिभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेशन (RWS)र शाखा कर्यालयहरु स्थापना गरि कारोबार संचालन गर्न पाउने कानूनी प्राबधान बमोजिम नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिको अनुमति लिएर आफ्नो कम्पनीको तेस्रो शाखाका रुपमा बुटवलमा कारोबार सुरु गरिएको कम्पनीका अध्यक्ष कुमार लुईटेलले जानकारी दिए।

यस अघि बाँके जिल्लाको नेपालगंज र महोत्तरी जिल्लाको बर्दिबासमा कम्पनीका दुइवटा शाखा कार्यालयहरु संचालनमा आइसकेका छन१ यो शाखा कार्यलय बुटवल को पुष्पलाल चोक नजिकै मैत्रीपथमा रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।