एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

Sep 22, 2023 01:01 PM Merolagani



एनआईसी एशिया लघुवित्त(NICLBSL)को कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असाेज ५ गते शुक्रबार बिहान १० बजे बसेको सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए ।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।