आज आईफोन १५ किन्नेहरुको विश्वभर घुइँचो, आइफोन किन्न १७ घण्टादेखि लाइनमा

Sep 22, 2023 02:53 PM Merolagani



आईफोन १५ सार्वजनिक भएसँगै आईफोन १५ किन्नेहरुको यतिबेला विश्वभर घुइँचाे लागेको छ । एप्पल स्टोरमा आज बिहानदेखि नै मानिसहरु आइफोन १५ खरिद गर्नका लागि लाइन लागेर बसेका थिए । 

नयाँ आईफोन १५ मा सर्वसाधारणमा ठूलो आकर्षण भएको देखिएकाे छ । अहिले अनलाइन प्रिअर्डरको प्रभावकारिताका कारण मानिसहरू घरमै बसेर आफ्नो नयाँ आईफोन आफ्नो ढोकामा पुर्‍याउन पनि सक्छन् । कोभिड महामारीले अनलाइन मार्फत आइफोन अर्डर गर्न सिकाएकाले सबैले नयाँ आईफोनको लागि लाइनमा बस्ने दिनहरूको अन्त्य भएको सोचिए पनि शुक्रबार बिहान लाइनमा बसेको देखियो । उक्त लाइन निकै लामो भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आज बिहान जर्ज सेन्ट सिड्नीमा रहेको एप्पलको अस्ट्रेलियास्थित प्रमुख स्टोरमा ढोका खुला हुनासाथ सयौं मानिसहरू आईफोनको लागि लाइनमा बसेका थिए।

उनीहरूमध्ये कैयौंले अपोइन्टमेन्ट बुक गरेका थिए भने केहि नयाँ फोन पाउने आशामा भर्खरै आएका मानिसहरू थिए।

आईफोन १५ किन्ने संसारको पहिलो ग्राहक काे हुन् ?

सोहि लाइनमा एमडी बादशा बुलबुल नाम गरेका व्यक्ति पनि थिए । उनी गत राती ११ बजे अष्ट्रेलिया आइपुगेका थिए र आईफोन १५ किन्ने संसारको पहिलो ग्राहक बने । उनी एप्पल रिटेल स्टोरमा आइफोन १५ किन्न ९ घण्टा पर्खिएका थिए। बुलबुल नामबाट उनी परिचित हुन मन पराउँछन् ।

उनको यसअघिको फोन सामसङ ए ३३ चलाउने गरेका थिए । उनल नेचुरल टाइटानियम रंगको आइफोन १५ प्रोम्याक्स रोजेका छन् । उनले आइफोन १५ प्रो म्याक्समा सबै नयाँ एक्शन बटनको साथमा क्यामेरा भएका कारण खरिद गरेकाे बताएका थिए ।

भारतमा पनि आज एप्पलको आइफोन १५ किन्नेहरुको घुइँचो

सबै आइफोन १५ मोडेलहरू आज बिक्रीमा राखिएको छ । प्रि अर्डर गर्ने जो कोहीले पनि आज आफ्नो नयाँ फोनहरू प्राप्त गर्नेछन् तर प्रमुख खुद्रा स्टोरहरूमा उपलब्ध स्टकमा टेलकोस र एप्पल स्टोरहरूले यस साताको अन्त्यमा नयाँ फोनहरूमा भीडको अपेक्षा गरेका छन्।

भारतमा पनि आज एप्पलको आइफोन १५ किन्नेहरुको घुइँचो देखियो । भारतको दिलली र मुम्बईका दुई स्टोरहरु बिहान ८ बजे नै खुलेको थियो । अन्य समयमा ११ बजे खुल्ने यी स्टोर छिटै खुल्नुको कारण ग्राहकहरुको लामो लाइन थियो । केहि ग्राहक आइफोन किन्न १७ घण्टादेखि लाइनमा उभिएका थिए ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।