गत आर्थिक वर्षको साउन महिनामा ९ अर्ब बढी कमाएका बैंकहरुको नाफा यस वर्ष भने घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका थिए।
चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा करिब ५० करोड रुपैयाँले घटेको छ।
- ग्लोबलले कमायो सबैभन्दा धेरै
साउन महिनामा ग्लोबल आइएमई बैंकले करिब १ अर्ब नाफा कमाएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बैंकले सबैभन्दा धेरै ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो।
यस्तै नबिल बैंकले ७५ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड, हिमालयन बैंकले ६३ करोड र कुमारी बैंकले ५७ करोड रुपैयाँ नाफा कमाएका छन्। अन्य बैंकको भने नाफा ५० करोड रुपैयाँभन्दा कम छ।
साउन महिनामा नेपाल एसविआई बैंकले सबैभन्दा कम १६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकले १८ करोड, सिटिजन्स बैंकले २४ करोड, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ करोड रुपैयाँ नाफा कमाएका हुन्।