भारतीय अर्बपति हरपाल रन्धावाको विमान दुर्घटनामा निधन

Oct 02, 2023 06:39 PM Merolagani



भारतीय अर्बपति हरपाल रन्धावाको विमान दुर्घटनामा निधन भएको छ । जिम्बावेमा भएको विमान दुर्घटनामा रन्धावाको मृत्यु भएको हो । ६० वर्षका रन्धवासहित उनका २२ वर्षका छोरा आमिरले पनि उक्त दुर्घटनामा ज्यान गुमाएका छन् । साे विमानमा यी दुई सहित ६ जना सवार थिए ।

सेप्टेम्बरकाे २९ तारिख, शुक्रबार भएको दुर्घटनामा ६ जनाकै निधन भएको थियो। एउटा इन्जिन भएको सेसना २०६ विमान हरारेबाट मुरोवा जाँदै थियो। दुर्घटनाको कारण विमानमा प्राविधिक गडबडी रहेको बताइएको छ ।

हरपाल रन्धावा खानी कम्पनी रियोजिमका मालिक थिए । यो कम्पनीले सुन, कोइला, निकल र तामा उत्पादन गर्छ।

हेराल्ड पत्रिकामा प्रहरीको भनाइलाई उद्घृत गर्दै विमानमा चार जना विदेशी नागरिक रहेको र अन्य दुई जना जिम्बावेका रहेको लेखिएको छ । प्रहरीले सेप्टेम्बर २९मा बिहान साढे ७ बजे देखि ८ बजेबीच यो र्दुघटना भएको हो । रियोजिमको यो विमान बिहान ६ बजे हरारेदेखि माइनकालागि उडेको थियो र माशावादेखि करिब ६ किलोमिटरदेखि करिब ६ किलोमिटर टाढा दुघएटनाग्रस्त भएको थियो ।

सुन, कोइला, निकल र तामा उत्पादन गर्ने कम्पनीका मालिक

रियोजिमलाई १९५६काे अगस्ट २९ मा रियो टिन्टो साउदर्न रोडेसिया लिमिटेडको रूपमा समावेश गरिएको थियो। यो सुरुमा मिडल्याण्ड्समा एम्प्रेस निकल निक्षेपको विकास र खानीकोलागि स्थापित गरिएको थियो। रियाेजिम २००४ मा रियाे टिन्टाे पीएलसीबाट छुट्टिएको थियो। यो कम्पनीले सुन, कोइला, टोल रिफाइन्ड निकल र तामा उत्पादन गर्दछ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।