लाभांश प्रस्तावसहित सानिमा माईले डाक्यो साधारण सभा

Oct 03, 2023 10:00 AM Merolagani



सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।