मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Oct 11, 2023 12:31 PM Merolagani



असोज २४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

मिड सोलु (MSHL) ले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता शेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता शेयर यस दिन सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर एमएसएचएल टिकरमा कारोबार हुनेछ।

त्यसैगरी, यस दिन भगवती हाइड्रोपावर (BGWT) ले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता शेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर बीजीडब्लुटी टिकरमा कारोबार हुनेछ।

यी दुबै कम्पनीको शेयर नेप्से र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। यस अनुसार भोली बिहीबारको स्पेशल प्रि आपन सेसनमा पहिलो कारोबार भएपश्चात यी कम्पनीहरुको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।