मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Oct 11, 2023 12:31 PM Merolagani



असोज २४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

मिड सोलु (MSHL) ले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता शेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता शेयर यस दिन सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर एमएसएचएल टिकरमा कारोबार हुनेछ।

त्यसैगरी, यस दिन भगवती हाइड्रोपावर (BGWT) ले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता शेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर बीजीडब्लुटी टिकरमा कारोबार हुनेछ।

यी दुबै कम्पनीको शेयर नेप्से र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। यस अनुसार भोली बिहीबारको स्पेशल प्रि आपन सेसनमा पहिलो कारोबार भएपश्चात यी कम्पनीहरुको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।