सातामा करिब साढे ४ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 14, 2023 06:30 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेर बन्द भएको छ। गत साता १९५६.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.२१ प्रतिशत अर्थात ८२.३२ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १४.२४ अंक घटेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ५.९४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.२७ अंक घटेको छ।

यस साता नेप्सेको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा झिनो घटेको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम ४० लाख रुपैयाँ मात्र घटेको हो। यस साता नेप्सेको दैनिक औषत शेयर संख्या ५.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.०७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३.७५ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब रुपैयाँ घटेर २८ खर्ब ७२ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ५२११.६८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३१४.४३ अंक घटेर ४८९७.२५ विन्दुमा झरेको छ। यस साता सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५९८.५९ अंक घटेको छ।

यस साता नेप्सेमा ४ करोड ८७ लाख ६९ हजार २१७ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ४ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नेशनल हाइड्रोपावरको एक्विजिशन पश्चातको शेयर सूचीकृत भएको हो।

यस साता सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २८.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १९.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता बाराही हाइड्रोपावरको शेयरमूल्य साढे १७ प्रतिशत घटेको छ भने सानिमा जीआईसी इन्स्योरेन्स र घलेम्दी हाइड्रोको शेयरमूल्य १५ प्रतिशतभन्दा बढी घटेको छ।

यस साताको फ्लोरसिट विश्लेषण आधारमा भगवती हाइड्रोपावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, सूर्योदय वोमी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने। त्यसैगरी, यस साता लक्ष्मी लघुवित्त वित्तीय संस्था, कालिका पावर, छ्याङ्दी हाइड्रोपावरको शेयर मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।