इजरायल प्यालेस्टिन युद्धको प्रभावले सुनको मुल्य बढ्यो, कच्चा तेलको मुल्य पनि बढ्न सक्ने आंकलन

Oct 13, 2023 04:51 PM Merolagani



इजरायल प्यालेस्टिन युद्धको प्रभावले यो साता सुनको मुल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मुल्य पनि बढ्न सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् ।

यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ ।अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरु सुरक्षीत लगानीको रुपमा सुन तर्फ आकर्षित हुन थालेकोले सुनको माग बढ्न गई मुल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरुले गरेका छन् । दुई साता अघिसम्म निरन्तर बढेको सुनको मुल्य त्यस यता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि र सुनको सेलिङ प्रेसर बढेपछि मुल्य घटेको थियो । द्धन्दका कारण कच्चा तेलको मुल्यमा समेत उतार चढाव आइ त्यसको प्रभाव सुनको मुल्यमा समेत पर्न सक्ने बिश्लेषकहरुको अनुमान छ ।

कतिले बढ्याे ?

नेपाली बजारमा यस साता प्रायजसाे सुनकाे भाउ बढेकाे नेपाल सुनचाँदी महासंघकाे तथ्यांकमा देखिन्छ । साताको पहिलो दिन प्रतिताेला एक लाख ७ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

सुनको मुल्य आइतबार प्रति १० ग्राम ९२ हजार २ सय ५० रुपैयाँ  रहेको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक लाख १० हजार १०० रूपैयाँ वा १० ग्रामकाे ९४ हजार ३ सय ९९ रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनका अनुसार साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतिताेला २ हजार ८०० रूपैयाँ वा १० ग्राम २ हजार १४५ रुपैयाँले बढी हो । याे साताकाे बुधबार मात्रै सुनकाे भाउ घटेकाे थियाे । 

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार ३४५ रुपैयाँ पुगेको छ ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।