साढे १० अर्ब बढीको आईपीओ जारी गर्न अनुमति कुर्दै डेढ दर्जन कम्पनी, सूचीकृत कम्पनीको सँख्या साढे २०० माथि पुग्ने

Oct 26, 2023 06:30 AM Merolagani



डेढ दर्जन कम्पनी साढे १० अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा देखिएका छन्। हाल आईपीओ जारी गर्नका लागि १७ वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

यी कम्पनीहरुले कुल १० अर्ब ४७ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।

धितोपत्र बोर्डमा आवेदन दिएकामध्ये जगदम्बा स्टिल्सले २ करोड ७० हजार कित्ता शेयर प्रतिकित्ता ३०० रुपैयाँको दरले बिक्री गर्ने तयारी गरेको छ। उसले ६ अर्ब २ करोड १० लाख रुपैयाँको आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो।

डिस मिडिया नेटवर्कले पनि सर्बसाधारणमा १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ।

यी बाहेकका अन्य कम्पनीले भने एक अर्ब रुपैयाँभन्दा थोरैको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्।

आईपीओ  जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये एकोर्ड फार्मासेट्युकल्सले सबैभन्दा थोरै ७ करोड ६ लाख रुपैयाँ बराबरको ७ लाख ६ हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ।

यस्तै कान्तिपुर टेलिभिजनले पनि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी कम्पनीको आईपीओ बिक्रीमा आउने छ।

यी सबै कम्पनीको आईपीओ बिक्रीमा आएसँगै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको सँख्या साढे २०० माथि पुग्ने छ। अहिले नेप्सेमा २४० वटा कम्पनी सूचीकृत छन्।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।