घलेम्दी हाइड्रोको शेयरमूल्य समायोजन

Oct 20, 2023 10:05 AM Merolagani



कात्तिक ३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घलेम्दी हाइड्रो (GHL) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको २०० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १२४ रुपैयाँ ८७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १७४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।