माथिल्लो मैलुङको आईपीओ बाँडफाँट

Oct 20, 2023 10:11 AM Merolagani



कात्तिक ३ गते शुत्रबार, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।