माथिल्लो मैलुङको आईपीओ बाँडफाँट

Oct 20, 2023 10:11 AM Merolagani



कात्तिक ३ गते शुत्रबार, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।