मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

Nov 09, 2023 09:59 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.५० प्रतिशत बोनस रहेको छ भने ०.५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।