सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत, फेसबुक, टिकटकलाई नियमन गर्ने तयारी

Nov 09, 2023 02:14 PM Merolagani



सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत गरेको हो ।

सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको बताइन । यस अघि सरकारले समाजिक सञ्जाललाई नियामन गर्ने बताउदै आएको थियो ।

 मन्त्री शर्माले भनिन ‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ ।’




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।