सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत, फेसबुक, टिकटकलाई नियमन गर्ने तयारी

Nov 09, 2023 02:14 PM Merolagani



सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत गरेको हो ।

सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको बताइन । यस अघि सरकारले समाजिक सञ्जाललाई नियामन गर्ने बताउदै आएको थियो ।

 मन्त्री शर्माले भनिन ‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ ।’




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।