इम्पेरमेन्ट चार्ज घटाएपछि लक्ष्मी लघुवित्तको नाफा धनात्मक

Nov 10, 2023 06:46 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४१ लाख १४ हजार रुपैयाँ ऋणाात्मक रहेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि इन्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.१२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ५५.९१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १३.१९ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.४४ प्रतिशतबाट बढेर ६.८९ प्रतिशत पुगेको छ। यद्यपि, लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २५ लाख रुपैयाँ मात्र छुट्याएको छ। जसका कारण गत आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै, चालु आर्थिक वर्षको सोही अवधिमा धनात्मक हुन पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६३ पैसा धनात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४३ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ६ अर्ब १० करोड ५३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ६० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।