छिमेक लघुवित्तको वितरणयोग्य मुनाफा डेढ अर्बभन्दा बढी, नाफा कति?

Nov 10, 2023 09:05 AM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको र इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ३७.४४ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३२.९७ प्रतिशत घटेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.८१ प्रतिशतबाट बढेर २.२८ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १० करोड ८३ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण खुद ब्याज आम्दानीको गिरावटदरको तुलनामा सञ्चालन मुनाफाको गिरावटदर धेरै हुन पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ४४ पैसा घटेर ३१ रुपैयाँ २० पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ।

२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७८ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ३५ अर्ब ८ करोड ६० लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३१ अर्ब ८२ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।