पल्सर एन र टीभीएस १६० बीच प्रतिस्पर्धा, मूल्य र बिशेषताको आधारमा कुन उत्कृष्ट ?

Nov 15, 2023 06:33 AM Merolagani



नेपालमा पछिल्लो समय कम सीसीका मोटरसाइकलबीच प्रतिस्पर्धा बढ्दै गएको छ । सवारी बिक्रेता कम्पनीले पनि आम सर्वसाधारणलाई लक्षित गर्दै आफ्ना प्रोडक्ट ल्याइसकेका छन् ।

अहिले २०० सेग्मेन्टका मोटरसाइकल चार लाख कम मूल्यमा पाउन छोडिसकेको छ । मूल्य बढी भएकाले पनि ग्राहकहरु २०० सीसी तलकै मोटरसाइकल चढ्न रुचाउछन ।

कम लागत र कम खर्च दिने मोटरसाइकल मध्ये अहिले १५० र १६० सीसीका मोटरसाइकलबीच प्रतिस्पर्धा हुन थालेको छ । जसमा अहिले बजाज एन १६० र टिभिएस अपाचे १६० सीसी नेपाली बजारमा सर्वाधिक रुचाइएका मोटरसाइकल हुन ।

टिभिएस र बजाजबीच पछिल्लो समय रोचक प्रतिस्पर्धा छ । यी दुई मोटरसाइकल मध्ये कुन उत्कृष्ट भन्ने जानकारी हामी तपाईंलाई दिदै छौं ।

इन्जिन

अपाचे १६० स्पेशल एडिशनमा १५९ सीसी क्षमताको सिंगल सिलिण्डर, आयलकूल्ड, फ्युल इन्जेक्सन, फोर स्ट्रोक, एसओएचसी आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७.५५ ब्रेकहर्स पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ भने बजाज पल्सन एनमा १६४.८२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कूल्ड, एसआएचसी ट्वीन स्पार्क एफआई बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १६ ब्रेकहर्स पावर र १४.६५ एनएमको टर्क जेनेरेट गर्छ ।

 यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क सस्पेन्सन छ भने ट्युवलेस टायर ड्युल डिस्क ब्रेक र अलोय ह्वील दिइएको छ । बजाजमा भने डुवल च्यानल एबीएस छ । अपाचेमा सिंगल च्यानल एबीएस दिइएको छ । स्पोर्ट नेकेड डिजाइनमा रहेका यी मोटरसाइकमा एलइडी लाइट, डिआरएल, डिजिटल कन्सोल र मिटर दिएको छ ।

नेपाली बजारमा बजाज एन १६० को मूल्य ३ लाख ९३ हजार रुपैयाँ तोकेको छ भने अपाचे १६० फोर भि एसइको मूल्य ३ लाख ७४ हजार तोकिएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।