ब्याज आम्दानीसँगै घट्यो महिला लघुवित्तको खुद नाफा

Nov 18, 2023 07:13 AM Merolagani



महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र ब्याज आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.९९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३१.९९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा खराब कर्जा २.७७ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेसँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै करिब ३२ प्रतिशत घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ३८ पैसा घटेर २० रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ८५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ७० पैसा रहेको छ।

२१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २५ करोड ६० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असोज मसान्तसम्ममा ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ६० करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।