खराब कर्जा बढेपछि फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ऋणात्मक

Nov 19, 2023 07:00 AM Merolagani



फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको खुद नाफा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ११ करोड ९ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण लघुवित्तले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.७० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.९२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १० करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा खराब कर्जा २.६ प्रतिशतबाट बढेर ६.२५ प्रतिशत पुगेसँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत ३० करोड ४९ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक हुन पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ६८ पैसा रहेको छ।

१ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असोज मसान्तसम्ममा ८ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब १६ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।