अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक,उच्चस्तरीय संयन्त्र बनाउने तयारी

Nov 20, 2023 11:44 AM Merolagani



अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । आज ४ बजे प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायतसँग छलफल गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आजको बैठक अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने बताइएको छ ।

गत केहि हप्ता अघि प्रधानमन्त्री प्रचण्ड अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन तयार भएका थिए । निजी क्षेत्रको उच्चस्तरीय संयन्त्र बनाउने प्रस्तावलाई प्रचण्डले सकारात्मक रुपमा लिएका थिएन ।

 १ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मंसिर ४ गते अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएकाे बताएका थिए । उनले अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनुका साथै बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने घोषणा गरेका थिए ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।