४० ठूला इन्टरनेट कम्पनीले रोके टिकटक कन्टेन्ट, प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति

Nov 20, 2023 12:02 PM Merolagani

नेपालको ठूला ४० ओटा इन्टरनेट सेवाप्रदायकले टिकटक प्रतिबन्ध रोकेका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशनपछि ठूला सेवाप्रदायकले टिकटक कन्टेन्ट रोकेका हुन ।

हाल प्राधिकरणको तथ्याङक अनुसार नेपालमा १४० बढी साना ठूला इन्टरनेट सेवाप्रदायक सञ्चालनमा छन । तर, अहिले ठूला र सबैभन्दा धेरै प्रयोगकर्ता भएका कम्पनीले मात्रै टिकटकबाट आउने कन्टेन्ट रोकेका छन् ।

सोहि अन्य सेवाप्रदायकलाई पनि रोक्न लगाउन र कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न दूरसञ्चार प्राधिकरणले समिति नै गठन गरेको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणका निर्देशका विजयकुमार रायको नेतृत्वमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति गठन भएको हो । प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले चार सदस्यीय प्राविधिक समिति बनाएर अघि बढेको हो ।

जसमा इन्टरनेट सेवाप्रदायक संघ, सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्यसचिवमा प्राधिकरण उपनिर्देशक समितिमा रहेको छ । उक्त समितिले टिकटक प्रतिबन्धको अवस्था र कार्यान्वयन लगायतका बिषयमा प्रतिबेदन पेस गर्ने छ ।

अहिले आइएसपिले कन्टेन्ट रोकेपनि प्रयोगकर्ताले भिपिएन (भर्चुअल प्रइभेट नेटवर्क) मार्फत टिकटक चलाइरहेका छन । सरकारले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । हाल सरकारको सो निर्णय विरुद्ध परेका १० वटा रिट निवेदन सर्वोच्च अदालतमा बिचाराधिन छन् ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।