अभियान लघुवित्तको खुद ब्याज आम्दानी घट्यो, खुद नाफा ऋणात्मक

Nov 21, 2023 06:18 AM Merolagani



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको खुद नाफा ऋणात्मक देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५८.६९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९.६ प्रतिशत रहेको छ।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष ९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ। पछिल्लो ३ महिनामा लघुवित्तको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।