प्रोफिट बुक गर्दै लगानीकर्ता

Nov 27, 2023 03:13 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो तीन कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ११.२७ अंक घटेर १८९६.६७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक ७८.२९ अंक बढेको थियो। सोही मौकामा लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा यस दिन नेप्से घट्न पुगेको हो।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९० स्टकको ५२ हजार ४८० पटकको कारोबारमा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अभियान लघुवित्त र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने शुभम् पावर र विशाल बजार कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिटिजन लाइफको कारोबार रकम करिब साढे ६ करोड रहेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९४.१२ अंक घटेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।