सोनापुर मिनरल्सको शेयर मूल्य बढ्नुका पाँच कारण

Nov 28, 2023 05:46 PM Merolagani

केही समय पहिला निरन्तर ओरालो लाग्दै आएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य अहिले निरन्तर बढी रहेको छ । कुनै समय निरन्तर ओरालो लागेर २ सय ३० रुपैयाँसम्म आइपुगेको सोनापुर मिनरल्सको शेयर मूल्य अहिले प्रतिकित्ता ३०० रुपैयाँ भन्दा माथि पुगेको छ ।

शेयर मूल्य बढेसँगै सोनापुरको कारोबार रकम पनि बढ्न पुगेको छ । मंगलबार करिव साढे ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोनापुरको शेयर मूल्य बढ्नुमा पाँच कारण रहेको लगानीकर्ताको भनाइ छ । सोनापुरले ३० प्रतिशत बोनस वा सोही अनुपातमा हकप्रद शेयर दिने चर्चा शेयर बजारमा आएको छ । यसले गर्दा पनि उक्त कम्पनीको शेयर मूल्य बढेको लगानीकर्ताको भनाइ छ ।

त्यसैगरी, म्युचुअल फण्डहरुले ६ महिनासम्म शेयर बिक्री गर्न नपाउने भएपछि शेयर बिक्री चाप पनि कम हुन पुग्दा सोनापुरको शेयर मूल्य बढ्न मदत पुगेको लगानीकर्ताहरु बताउँछन् ।

साथै शेयर खेलाडीहरुले तल्लो मूल्यमा झारेर शेयर खरिद गरेका र अहिले पुनः बिक्री गर्नका लागि मूल्य बढ्उँदै लगेकाले पनि शेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ भन्दा माथि पुगेको केही पुराना अनुभवी लगानीकर्ताहरुको भनाइ छ ।

यसैगरी, पछिल्लो समय सिमेन्ट निर्यात हुने क्रम बढेको छ । सिमेन्ट निर्यात हुन थालेपछि सकारात्मक माहौल बनेका कारण पनि सोनापुरको मूल्य बढेको बताइन्छ ।

विगत वर्षहरुमा शिवम् सिमेन्टले राम्रो प्रतिफल दिएको र सोनापुरले पनि त्यस्तै उच्च प्रतिफल दिन सक्ने सम्भावना देखिएकाले पनि लगानीकर्ताले सोनापुरको शेयर खरिद गर्न पुगेका हुन् । त्यसकारणले पनि सोनापुरको शेयर मूल्य बढ्न पुगेको हो ।

साथै, सँगसँगै आईपीओ जारी गरेको घोराही सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न पनि सोनापुरको शेयर मूल्य बढाउन केही लगानीकर्ता लागि परेका छन् । जसका कारणले पनि शेयर मूल्य बढ्न पुगेको बताइन्छ ।

सोनापुर दशैं अगाडि शेयर निष्काशन गरेर सुचीकृत भएको थियो । दशैंपछि सोनापुरको शेयर कारोबार शुरु भएको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ८० पैसा प्रिमियम जोडेर २ सय ३७ रुपैयाँ ८० पैसामा निष्काशन गरेको थियो ।

३ सय ५० रुपैयाँमा कारोबार खुलेको सोनापुर मिनरल्सको शेयर मूल्य उच्चतमबाट घट्दै आएको थियो । सोनापुर मिनरल्सको शेयर मूल्य घटेर २ सय ३० रुपैयाँसम्म आएको थियो । मंगलबारसम्म बढेर पुनः ३०० रुपैयाँ माथि पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।