मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

Dec 01, 2023 10:07 AM Merolagani



मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले (कर सहित) हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।