लाभांश प्रस्तावसहित नेपाल हाइड्रोले डाक्यो साधारण सभा

Dec 03, 2023 06:57 AM Merolagani



नेपाल हाइड्रो डेभलोपर लिमिटेड (NHDL) ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्न लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।