नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुहरूलाई टिकट शुल्कमा छुट दिने

Dec 03, 2023 06:24 PM Merolagani



नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुहरूलाई टिकट शुल्कमा छुट दिने भएकाे छ। नेपाल वायु सेवा निगमले आन्तरिक हवाई उडानमा छुट दिने घाेषणा गरेकाे हाे ।

निगमले प्रत्येक आन्तरिक उडानमा दुई अपाङ्गता भएका यात्रुलाई हवाई शुल्कमा छुट दिने भएकाे हाे ।आन्तरिक उडानकालागि सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ जनाले मात्र ५० प्रतिशत छुट पाउने निगमले जनाएकाे छ ।

विश्व अपाङ्गता दिवसका अवसरमा निगमले आजदेखि लागू हुने गरी यस छुटकाे घाेषणा गरेकाे हाे । निगमका अनुसार रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका  सुरूमा टिकट काट्ने दुई जना यात्रुले हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । यस सुविधा लिनकालागि यात्रुहरूले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।