नबिल बैंकको साधारण सभाको मिति परिवर्तन

Dec 04, 2023 09:36 AM Merolagani



नबिल बैंक लिमिटेड (NABIL) ले ३९ औँ वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ। नेप्सेमा प्रकाशित सूचना अनुसार पुस १३ गते साधारण सभा बोलाएको यस बैंकले आज सूचना प्रकाशित गर्दै पुस १२ गते साधारण सभा बोलाएको छ।

सो सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले हुन आउने २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, बैंकको नियमावलीका नियमहरु संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।