नियामक निकायको पूर्व स्वीकृति विना नै एनसेलको शेयर खरिदबिक्री भएपछि प्राधिकरणले एनसेलसँग शुक्रबार जवाफ मागेको थियो । बुधबार अर्थ समितिकाे बैठकमा प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले मंगलबार जवाफ पठाएकाे र जवाफमा कागज संकलनकाे क्रममा रहेकाे जानकारी दिएकाे बताए ।
दूरसञ्चार नियमावली २०५४ को नियम १५ ट बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।