हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Dec 10, 2023 11:08 AM Merolagani



मंसिर २४ गते, आइतबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयरमा कुल ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म कम्पनीको शेयर प्राप्त गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।